बलपूर्वक हत्याइएको भूमिमा कुनै परिवर्तन नगर्न पाकिस्तानलाई भारतको कडा चेतावनी
बलपूर्वक हत्याइएको भूमिमा कुनै परिवर्तन नगर्न पाकिस्तानलाई भारतको कडा चेतावनी
मतान्तर
मंगलवार, बैशाख २३ २०७७
नयाँदिल्ली – पाकिस्तान अधिकृत गिलगित–बालतिस्तानमा चुनाव गराउने फैसलाको भारतले कड़ा विरोध गरेको छ ।
केही दिनअघि पाकिस्तानको सर्वोच्च अदालतले गिलगित–बालतिस्तानमा आम चुनाव गराउनको निम्ति त्यहाँको केन्द्रिय कानूनमा आवश्यक संशोधन गर्न आदेश दिएको थियो ।
यसमा कड़ा प्रतिक्रिया व्यक्त गर्दै भारतले भनेको छ, ‘गिलगित–बालतिस्तान भारतको अभिन्न हिस्सा हो र पाकिस्तानले यसलाई खाली गर्नुपर्छ ।’
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अवैध रुपमा बलपूर्वक हत्याइएको भारतको भूमिमाथि पाकिस्तान र त्यहाँको न्यायपालिकाको कुनै अधिकार छैन । यस्तो कुनै प्रकारको कारबाही जसबाट पाकिस्तान अधिकृत हिस्सामा कुनै पनि परिवर्तन आउँछ, भारतले त्यसलाई पूर्ण रुपले अस्वीकार गर्दछ ।’
पाकिस्तानले गत ७ दशकमा अधिकृत भूमिमा भइरहेको उल्लंघन र त्यहाँका मानिसहरुको स्वतन्त्रतामा भइरहेको हननलाई छद्म चुनाव गरेर नलुक्ने भारतको भनाई रहेको छ ।
मंगलवार, बैशाख २३ २०७७०७:३१:४७