Loading...
Logo
  • बुधवार, श्रावण २० २०७८Aug 04 2021

images
images

पूर्व माओवादीहरूबीच आपसमै कुटाकुट, वडाध्यक्षले हिर्काएपछि गाउँपालिका अध्यक्ष घाइते

पूर्व माओवादीहरूबीच आपसमै कुटाकुट, वडाध्यक्षले हिर्काएपछि गाउँपालिका अध्यक्ष घाइते

  • मिडिया डबली

  • शनिवार, बैशाख २७ २०७७


  • पूर्व माओवादीहरूबीच आपसमै कुटाकुट, वडाध्यक्षले हिर्काएपछि गाउँपालिका अध्यक्ष घाइते
    Caption:

    काठमाडौं – कालिकोट जिल्लाको पलाता गाउँपालिकामा पूर्व माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले आपसमै कुटाकुट गरेका छन् ।

    कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम वडाध्यक्षको कुटाइबाट घाइते भएका छन् । पलाता गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर भण्डारीले गाउँपालिका अध्यक्षलाई कुटपिट गरेर घाइते बनाएका छन् ।

    images

    गाउँपालिका अध्यक्ष बम र वडाध्यक्ष भण्डारी दुवै स्थानीय तह निर्वाचनमा पूर्व माओवादीबाट निर्वाचित भएका हुन् । पलाँता गाउँपालिकाको ग्रामीण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा वडा अध्यक्ष भण्डारी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का गाउँपालिका अध्यक्ष विष्णु रोकाया र स्थानीय नेकपा नेता धनीराम भण्डारीले गाउँपालिका अध्यक्ष बमलाई कुटपिट गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवक्ता लोकनाथ तिमिल्सेनाले बताएका छन् ।

    शनिबार बिहान ११ बजेतिर उपभोक्ता गठन सम्बन्धी गाउँमा छलफल भइरहेको बेला वडाध्यक्षले गाउँपालिका अध्यक्षमाथि एक्कासी आक्रमण गरेको प्रहरीले जनाएको छ । ‘वडाध्यक्ष लगायतको टोलीले गरेको आक्रमणमा परी गाउँपालिका अध्यक्ष बम, उनकी श्रीमती र भतिजा सामान्य घाइते भएका छन्,’ उनले भने ।

    घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवक्ता तिमिल्सेनाले बताए ।

    जनताको विकास निर्माणमा केन्द्रित हुनुपर्ने कम्युनिस्ट जनप्रतिनिधि आपसमा लडाइँ गर्नमै लागेका छन् । योजनामा कमिसनको कुरा नमिल्दा विवाद उत्पन्न भएर कुटाकुटको अवस्था आएको स्थानीयको आरोप रहेको छ ।

    शनिवार, बैशाख २७ २०७७०७:१४:३१
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology