मिडिया डबली
मंगलवार, बैशाख १६ २०७७
काठमाडौं–कोरोनाभाइरसको महामारी कायमै छ । सरकारले २५ वैशाखसम्म लकडाउनको समय थप गरेको छ । यो वैशाख महिना लकडाउनमै बित्नेमा कुनै सन्देश छैन । तैपनि सरकारले आफ्ना दैनिक कार्य गरिरहनुपर्ने हो । लकडाउनलाई बहाना बनाएर अर्थमन्त्री डा।युवराज खतिवडाले मन्त्रालयलका गतिविधि ठप्प पारेका छन् ।
संविधानअनुसार जेठ १५ गते बजेट प्रस्तुत हुने दिन । त्यसको एक महिनाअघि नै प्रिबजेट छलफलमा ल्याउनुपर्ने हो । तर, अर्थमन्त्री खतिवडाले अहिलेसम्म प्रिबजेटबारे कुनै छलफल र तयारी थालेको जानकारी दिएका छैनन् ।
कोरोनाको महामारी नभएको भए अहिले प्रिबजेटबारे दलहरू र अर्थविद्हरूले आ–आफ्ना धारणा सार्वजनिक गरिसक्थे । बजेटमा समेट्नुपर्ने सुझाव र सल्लाह दिन्थे । तर, अर्थमन्त्रीले नै यसबारे कुनै जानकारी नगराएपछि जेठ १५ मा बजेट आउनेमा सन्देह उत्पन्न भएको छ ।
सरकार राजनीतिक संकटमा छ। अर्थमन्त्री खतिवडा तदर्थ अवस्थाका छन्। बजेटको सामान्य चर्चा पनि नहुनुले कतै अर्थमन्त्री खतिवडाले आगामी वर्ष २०७७–७८ को बजेट प्रस्तुत गर्न नपाउने हुन् कि भन्ने आशंका पनि गर्न थालिएको छ ।