मिडिया डबली
बिहिवार, माघ २९ २०७७
नायिका वर्षा सिवाकोटीले नारीलाई भगवान् मानेर पुज्ने देशमा किन नारी नै सुरक्षित छैनन् भनेर प्रश्न उठाएकी छिन् । वैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले यतिबेला सिंगो देश नै स्तब्ध छ । नायिका सिवाकोटीले निर्मला र संझना जसतै भागरथीले पनि न्याय नपाउने नै हुन् त भनेर प्रश्न पनि गरेकी छिन् ।
उनले लेखेकी छिन्–‘के यति असक्षम छ हाम्रो न्यायपालिका ? के यति कमजोर छ हाम्रो राज्य व्यवस्था, एउटा अपराधीको पहिचान गरी सजायँ दिन नसक्ने ? के गरिबका लागि न्याय महंगो भैसक्यो ?’