Loading...
Logo
  • बिहिवार, श्रावण २१ २०७८Aug 05 2021

images
images

कोरोनाको त्राससँगै भित्रियो डेंगी, ३६ जना संक्रमित

कोरोनाको त्राससँगै भित्रियो डेंगी, ३६ जना संक्रमित

  • मिडिया डबली

  • सोमवार, चैत्र ३ २०७६


  • काठमाडौं–गर्मीयाम सुरू भएसँगै डेंगी रोग फैलिएको भन्दै सरकारले सतर्क रहन आग्रह गरेको छ।

    इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत दुई महिनामा देशभर ३६ जनामा डेंगी देखिएको छ।

    images

    प्रदेश नम्बर १ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १४ जना र सुदुरपश्चिम प्रदेशमा २ जनामा डेंगी देखिएको हो।

    ‘अब सबैले कोरोनासँगै डेंगीसँग पनि सर्तक रहनुपर्छ,’ महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले सेतोपाटीसँग भने।

    उनले डेंगीबाट बच्च सरसफाइमा ध्यान दिनुपर्ने बताए। पानी जमेको खाल्डाखुल्डी पुर्ने र झुलको प्रयोग गर्न उनले आग्रह गरेका छन्।

    टेकु सरुवा रोग अस्तपतालका चिकित्सक शेरबहादुर पुन डेंगी अरू भाइरसजस्तो खतरा नभएकोले यसबाट आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको बताउँछन्। आर्थिक वर्ष २०७५–०७६ मा तीन हजार चार सय जनामा डेंगी संक्रमण देखिएको थियो।

    सोमवार, चैत्र ३ २०७६०९:२५:४०
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology