मिडिया डबली
सोमवार, बैशाख २९ २०७७
काठमाडौं – विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमण नेपालमा ह्वात्तै बढेको छ ।
सोमवार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै सोमवार एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार पुष्टि भएका संक्रमितसँगै देशभर संक्रमितको संख्इा १३४ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणबाट साँझ १३ जनामा संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको छ ।