Loading...
Logo
  • बिहिवार, श्रावण २१ २०७८Aug 05 2021

images
images

सबै मन्त्रीका सामुन्ने केपी ओलीले ईश्वर पोखरेललाई झपारेपछि ...

सबै मन्त्रीका सामुन्ने केपी ओलीले ईश्वर पोखरेललाई झपारेपछि ...

  • मिडिया डबली

  • मंगलवार, बैशाख ३० २०७७


  • सबै मन्त्रीका सामुन्ने केपी ओलीले ईश्वर पोखरेललाई झपारेपछि ...
    Caption:

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली मंगलबारको मन्त्रिपरिषद् बैठकमै सबै मन्त्रीका सामुन्ने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई झपारेका छन् ।

    बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो पार्ने उच्चस्तरीय समितिको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । लकडाउन खुकुलो पार्न सिफारिस गर्ने समितिका संयोजक उपप्रधानमन्त्री समेत रहेका समितिका संयोजक ईश्वर पोखरेलसँग बैठकमै आक्रोशित बनेका छन् ।

    images

    बैठकको सुरूमै प्रधानमन्त्री ओेलीले कोरोना संक्रमणबारे धारणा राखेका थिए । आधा घण्टाभन्दा बढी समय कोरोनाबारे ब्रिफिङ गरेका ओलीले काठमाडौमा पनि लकडाउन छ र भनेर ईश्वर पोखरेलमाथि व्यंग्यात्मक प्रश्न गरेका थिए ।

    केही दिनदेखि काठमाडौंका सडकमा ट्राफिक जाम नै हुन थालेका दृश्य सञ्चारमाध्यममार्फत आफूले देखेको बताउँदै प्रधानमन्त्री ओलीले लकडाउनमा गाडी जाम हुन्छ र, कस्तो लकडाउन हो यो भनेर प्रश्न गरेका थिए ।

    ‘मलाई त काठमाडौं लकडाउनमा छ भन्ने विश्वास छैन । अनावश्यक गाडीहरू पनि गुडिरहेको, कपडा पसलहरू समेत खुलेको र सडकमा यातायात जाम भएको दृश्य देखिन्छ । तपाईंहरू यसैलाई लकडाउन मान्नुहुन्छ भने बेग्लै कुरा,’ प्रधानमन्त्री ओलीले उच्चस्तरीय समितिका संयोजक समेत रहेका मन्त्री पोखरेललाई प्रश्न गर्दै भनेका छन् ।

    जवाफमा मन्त्री पोखरेलले अत्यावश्यक सेवाका लागि लकडाउन खुकुलो पारेको जवाफ दिन खोजेका थिए । तर ओली झन् आक्रोशित भए । उनले भने, ‘लकडाउनको बेवास्ता गर्दा अरु देशमा के–के भएको छ ? तपाईंहरूलाई पनि थाहा नै होला नि ! मानिसहरूको जीवनरक्षा ठूलो कुरा हो । त्यसपछि व्यापार व्यवसायको कुरा आउँछ । मानिस नै नरहे केलाई चाहियो धनसम्पत्ति र सुनँचादी ? त्यसैले यो हेलचक्र्याइँ गर्ने बेला हुँदै होइन । तत्काल लकडाउन कडा बनाउने र मानिसहरूलाई सुरक्षित गर्ने प्रयास हुनुपर्छ ।’

    प्रधानमन्त्री ओलीले चेतावनी शैलीमा मन्त्री पोखरेललाई झपारेपछि पोखरेलले तत्काल उच्चस्तरीय समितिको बैठक बोलाएर लकडाउनबारे थप निर्णय गरिने भन्दै प्रधानमन्त्रीलाई आश्वस्त पारेका थिए ।

    मंगलवार, बैशाख ३० २०७७०८:१९:४५
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology