Loading...
Logo
  • बिहिवार, मंसिर २३ २०७८Dec 09 2021

images
images

सगरमाथाबारे भ्रम छरेपछि चीनलाई आइलाग्यो आपत, सिजिङपिङको पुत्ला दहन

सगरमाथाबारे भ्रम छरेपछि चीनलाई आइलाग्यो आपत, सिजिङपिङको पुत्ला दहन

  • मिडिया डबली

  • आइतवार, बैशाख २८ २०७७


  • सगरमाथाबारे भ्रम छरेपछि चीनलाई आइलाग्यो आपत, सिजिङपिङको पुत्ला दहन
    Caption:

    काठमाडौं–विश्वको सर्वोच्च शिखर सगरमाथाबारे भ्रम छरेको भन्दै चिनियाँ राष्ट्रपतिको पुत्ला दहन भएको छ। चिनियाँ मिडियाले सर्वोच्च शिखर सगरमाथा आफ्नो भूमिमा रहेको भन्दै ट्वीट गरेको विषयलाई लिएर सिन्धुलीमा युवाहरुले चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका हुन्।

    सिन्धुलीको भिमानमा डा. केशव पौडेलको नेतृत्वमा जागरुक युवाहरुको समूहले चिनीयाँ राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् । नेपालको झण्डा बोकेका युवाहरुले राष्ट्र र राष्ट्रियताको नारा लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्ला दहन गरे ।

    images

    केही दिन अघि चीनको सरकारी मिडियाले सगरमाथा चीनको भूमिमा रहेका उल्लेख गर्दै ट्वीट गरेको थियो ।

    २ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटरमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्बिर राखेको थियो । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको थियो । यसको चौतर्फी विरोध भइरहेको छ।

     

    आइतवार, बैशाख २८ २०७७११:०२:०२
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology